यस सहभागिता प्रणालीमा यहाँहरुलाई स्वागत छ ।


बड्दो प्रविधिको विकाससँगै हरेक क्रियाकलापहरु प्रविधिमैत्री बन्दै गएको परिप्रेक्षमा हाम्रा हरेक क्षेत्रमा संचालन हुने सबै प्रकारका कार्यक्रमहरुलाई प्रविधिको माध्यमबाट सहज व्यवस्थापन गर्ने उद्धेश्यले यो प्रणालीको विकास गरिएको छ । यसको माध्यमबाट कार्यक्रममा सम्पादन गरिने अधिकांश कार्यहरुलाई चुस्तदुरुस्त रुपमा संचालन गर्न आवश्यक पर्ने प्राविधिक पक्षको व्यवस्थापन गरिएको छ । कार्यक्रम आयोजकले व्यवस्थापन पक्षमा लिनुपर्ने बोझलाई कम गर्दै सहभागीहरुले प्रविधिको माध्यमबाट सहज तथा नवीनतम् सिकाइ सम्भव हुने गरी प्रणालीको डिजाइन गरिएको हुनाले तपाइको कार्यक्रम नवीन सोचका साथ संचालन हुने कुरामा यो प्रणाली निर्माता समूह पूर्णतया आशाबादी छ । तपाईले प्रयोग पश्चात दिनुभएको सकारात्मक सुझाबलाई प्रविधिको अध्यावधिकरणमा प्रयोग गरी अझ विस्तारित प्रणालीको विकासमा समूह निरन्तर क्रियाशिल रहने व्यहोरा समेत जानकारी गराइन्छ

कसरी प्रयोग गर्ने ?

01

Sign Up

माथी देखाइएको Sign Up मेन्यूको सहायताबाट प्रणालीमा आवद्ध हुन सकिने छ ।

02

Training Registration

आफ्नो प्रोफाइल Log in गरेपश्चात तपाईले आफ्नो कार्यक्रम दर्ता गर्न सक्नुहुने छ ।

03

Records Management

सहभागीहरुको सहभागीतामा नाम दर्ताको कार्य सम्पादन गर्न सकिनेछ ।

04

Reporting

कार्यक्रमको समयमा आवश्यक पर्ने विभिन्न प्रकारका रिपोर्टहरु प्रणालीले स्वत तयार गर्ने छ । आवश्यकता अनुसार प्रिन्ट गर्न सकिन्छ ।